डोटी, मंसिर ४ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार अवरुद्ध गरेको केआईसिंह राजमार्ग अझै खुलेको छैन ।
डडेल्धुराबाट दिपायलतर्फ आइरहेको सु.प.प्र. ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ शिखर नगरपालिका—८ खुन भन्ने ठाउँमा नम्बर नखुलेको बोलेरो जीपले ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु थियो ।
दोषीलाई कारबाही गर्नु पर्ने र मृतक तथा घाइते परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै आफन्तहरूले सोमवार साँझदेखि केआईसिंह राजमार्गको शिखर नगरपालिका वडा नं। ६ मा अवरुद्ध गरेका छन् ।
पीडित पक्षसँग सहमति गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिएर फरार भएको भन्दै आइतबार प्रहरीले जीप चालक भरत बहादुर सिंहलाई पक्राउ गरेको छ ।