अमेरीकी राजदूत थम्पसन र मन्त्री प्रकाश देउवाबीच भेटवार्ता

२० बैशाख, धनगढी : नेपालका लागि अमेरीकी राजदूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाबीच भेटवार्ता भएको छ ।


बुधबार कैलाली कञ्चनपुरको भ्रमणका लागि प्रदेश राजधानी धनगढी पुगेका राजदूत थम्पसनलाई भौतिक पुर्वाधार विकास मन्त्रालयमा मन्त्री देउवासहित मन्त्रालयका सचिव प्रेमदत्त भट्टले उनलाई स्वागत गरेका हुन ।


मन्त्रालयमा मन्त्रालयको टोली र राजदूतको टोलीबीच विपद् लगायत विकास निर्माणका विभिन्न विषयमा छलफद भएको मन्त्री देउवाले जानकारी दिए ।


उनका अनुसार खासगरी प्रदेशको विपद योजना आगामी नीति लगायत विषयमा छलफल भएको छ।

तपाईको प्रतिक्रिया