अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड

२९ चैत, हनोइ : रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ ।

सो मुद्दामा दोषी देखिए पछि उनको सो भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको छ । यो सिंगो भियतनामको इतिहासको सबैभन्दा ठूलो ठगीको रूपमा हेरिएको छ ।

उनको मुद्दाको सो ट्रायल मार्च ५ वाट सुरु भएको थियो भने योजना भन्दा पहिले समाप्त भएको छ । भ्रष्टाचार विरुद्धको अभियानको एक नाटकीय नतिजा थियो, जुन सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले वर्षौंदेखि निर्मुल गर्ने बाचा गरेका थिए । 

रियल इस्टेट विकासकर्ता भान थिन्ह फाट होल्डिङ्स ग्रुपकी अध्यक्ष लानलाई हो ची मिन्ह सिटीको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएको राज्य नियन्त्रित मिडियाले जानकारी दिएको छ ।
 

तपाईको प्रतिक्रिया