कैलाली उद्योग वाणिज्य संघ र अमेरिकन कर्नर धनगढीको सहकार्यमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

११ जेठ, धनगढी :कैलाली उद्योग बाणिज्य संघ तथा अमेरिकन कर्नर धनगढीले प्रहार ( महिला हिंसा विरुद्धको अभियान ) सँगको सहकार्यमा कलेज तथा विद्यालय स्तरका विद्यार्थीहरुलाई ५ दिने आत्मरक्षा प्रशिक्षक तथा प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।

प्रहारले आयाेजना गरेकाे उक्त  आत्मरक्षा तालिम कार्यक्रममा मुख्य  सहयोगी प्रदेश युवा परिषद् सुदूरपश्चिम  प्रदेश धनगढी , सहयोगी अमेरिकन कर्नर धनगढी तथा उद्योग बाणिज्य संघ धनगढी तथा प्राविधिक सहयोगमा  जेठ १ गते देखि  सुरु गरिएको उक्त आत्मरक्षा तालिममा ५ दिने महिला सशक्तिकरण बारे छलफल गर्दै ५ गते कार्यक्रम सम्पन्न गरिएको थियाे ।

अमेरिकन कर्नर तथा प्रहार महिला हिंसाविरुद्धको अभियानद्वारा सहजीकरण गरिएको रक्षा कार्यक्रममा ३५ विद्यार्थीहरूले भाग लिएका थिए । साथै कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघ (केसीसीआई) का कार्यकारी बोर्ड सदस्य, प्रहारका संस्थापक तथा प्रकाश चन्द, खेलकूद प्रवर्द्धक लगायतको सहभागिता रहेको थियो ।

प्रहार टोलीको साथमा, अमेरिकन कर्नर धनगढीले महिला सशक्तिकरणका कार्यक्रमहरूमा महिला सशक्तिकरण, लैङ्गिक हिंसामा आधारित सैद्धान्तिक छलफल र आत्मरक्षा सीपसम्बन्धी व्यावहारिक सत्रहरू समावेश गरी महिला सशक्तिकरण गतिविधिहरूलाई दृढतापूर्वक समर्थन गरेको छ ।

तपाईको प्रतिक्रिया