अमेरिकन कर्नर धनगढीद्वारा “अनुभवको माध्यमबाट सिकाउने” कार्यक्रमको आयोजना

१ जेठ, धनगढी : अमेरिकन कर्नर धनगढीले “अनुभवको माध्यमबाट सिकाउने” नामक एउटा कार्यक्रमको आयोजना गरेको छ ।

अमेरिकी कर्नर धनगढीले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा सामुदायिक विद्यालयका करिब ४५ विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सत्रकोक्रमका प्रेमराज जोशीले (व्याख्याता) ले पुस्तकहरूप्रतिको लगाव र उनीहरूले जीवनमा उनको अद्वितीय दृष्टिकोणलाई कसरी आकार दिएका छन् भन्ने कुरामा जोड दिँदै आफ्नो यात्राको अन्तरदृष्टि साझा गरेका थिए।

कार्यक्रममा संयोजक दिव्या बमले अमेरिकन कर्नरको प्रतिनिधित्व गर्दै जीवनका घटनाहरूले कसरी व्यक्तिको मार्ग परिवर्तन गर्न सक्छ भनेर प्रकाश पारिन्।

साथै कार्यक्रमको अन्त्यमा आँखाका डाक्टर सन्दुक रुइतको वृत्तचित्रले दर्शकहरुलाई कडा परिश्रम गरेर सफलताको लागि प्रयास गर्न उत्प्रेरित गरेको थिए ।

अमेरिकन कर्नर धनगढी अमेरिकी दूतावास, नेपालको सुदूरपश्चिमको शाखा हो, जस्ले विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक कार्यक्रम गर्ने गर्दछ । यो संस्था अमेरिकि दुतावासद्वारा संञ्चालित संस्था हो ।

 

तपाईको प्रतिक्रिया