काठमाडौं, भदौ २५ । अभिषेक विष्टद्वारा लिखित उपन्यास ‘सुइना’ लोकार्पण गरिएको छ।
एक समारोहकाबीच पूर्व मन्त्री जयन्त चन्दले उपन्यासको लोकार्पण गरेका हुन् ।
१७ वर्षको उमेरदेखि नै साहित्यमा कलम चलाएका युवा लेखक अभिषेक विष्टको पहिलो उपन्यास हो।
कार्यक्रममा विशेष अतिथीका रुपमा मदन पुरस्कार प्राप्त लेखक विवेक ओझा, समीक्षक पवित्रा दाहाल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
पुस्तकको समीक्षा गर्दै दाहालले रोजगारीको खोजीमा भारत ‘बम्बै’ पलायन हुने सुदूरपश्चिमको गाउँघरको कथा र त्यस्ले निम्ताएको ब्यथालाई उपन्यास सुइनामा समेटिेएको बताइन् । उपन्यासमा निम्न बर्गीय परिवारको जीवनस्तर र संघर्षलाई केलाउनुका साथै युवा मनोबिज्ञानलाई समेत समेटेको बताइन् ।
उनले भनिन्, ‘यस उपन्यासले खस भाषाप्रति मेरो रुचि जगायो। खस भाषा भरपुर प्रयोग गरिएको छ ।’
सिमल बुक पब्लिकेशनद्वारा प्रकाशित उपन्यास लोकार्पण कार्यक्रमको सञ्चालन साहित्यकार सिर्जना शर्माले गरेकी थिइन् ।