अत्तरियामा १८ वर्षीया एक किशोरी गरिन देह त्याग

१० असार, धनगढी  : कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला परेकी छन । गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अस्मि बोहरा मृत फेला परेकी हुन् ।

शनिबार करिब ४ बजेको समयमा अस्मि आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालले जानकारी गराए । उनी आफ्नै एक तले चार कोठे पक्की घरको आफु सुत्ने कोठामा रातो कलरको दोपट्टाले पंखामा पासो लगाई झुण्डीएको मृत अवस्थामा फेला परेकी हुन ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया