अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु

३१भदौ,धनगढीः कैलालीको अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको छ । विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय किट सकिएपछि रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको हो ।
बुधबार किट आएपछि सेवा सुचारु भएको कार्यालयले जनाएको छ । त्यसपछि बिदा भएकाले शुक्रबार देखि मात्रै परिक्षण सुरु गरिएको कार्यालयका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताउनु भयो ।

कार्यालयले गत आर्थिक वर्षमा २ हजार ५३२ तरकारी फलफूलका नमूनाको विषादी परिक्षण गरेको थियो । जसमा ८ नमूनामा अरीयो र पहेलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमूनामा प्रयोग नै गर्न नमिल्ने विषादीको मात्रा भेटिएको थियो ।

उहाँले शुक्रबार र आइतबार १० वटा तरकारी र फलफूलका नमूनामा विषादी परिक्षण गरिएको बताउनु भयो । परिक्षण गरिएका नमूना खान अयोग्य भने नभेटिएको बताउनु भयो । यसअघि कार्यालयमा किट सकिएपछि साउन १३ गते देखि विषादी परिक्षण सेवा रोकिएको थियो ।

 

तपाईको प्रतिक्रिया