अत्तरियामा बोलेरो जिपले ठक्कर दिँदा पत्रकार साउँद घाइते

८ बैशाख, धनगढीः कैलालीको अत्तरियामा बोलेरो जिपले ठक्कर दिँदा पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन्।

तेघरि स्थित भीमदत्त राजमार्गमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई बोलेरो जिपले पछाडिबाट ठक्कर दिएको थियाे ।

साउँदलाई ठक्कर दिने जिप फरार रहेको र संकास्पद जिपहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकोे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रहरीका अनुसार साउँदकाे दायाँ हात भाच्चिएकाे छ ।उनकाे धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनी अत्तरियास्थित टिभी टुडेमा कार्यरत छिन्।

तपाईको प्रतिक्रिया