अत्तरियाको एक होटलमा ४० वर्षीय पुरुष मृत अवस्थामा फेला

१२ बैशाख, धनगढी : अत्तरियाको एक होटलमा राति बास बस्न आएका एक जना मृत फेला परेका छन ।

गोदावरी नगरपालिका पहाड रोड बसपार्क अगाडी रहेको न्यु सत्कार होटल एण्ड लजमा यही बैशाख १० गते राति बास बस्न आएका करिब ४० वर्षीय मोहनसिंह डराल कोठाभित्रै मृत अवस्थामा फेला परेका हुन । दार्चुलाको ब्यास गाउँपालिका–३ का डराल सो होटलमा १० गते राति बास बस्न आएका थिए ।

उनी होटलकै कोठाभित्र मृत अवस्थामा १२ गते साँझ फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनका आफन्तलाई पहाडमा खबर गरेपछि आज मात्र आइपुगेकाले शवको पोष्टमार्डमका लागि सेती प्रादेशिक अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ ।

होटलमा घटेको घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया