अछाममा भिरबाट लडेर युवकको मृत्यु

१७ बैशाख, धनगढी : अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षिय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले बताएको छ ।

अछाम प्रहरीका अनुसार उनी शनिवार सैनबजारबाट बलाता जाँदै थिए । नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन । उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया