अछाममा भरुवा बन्दुक फेला

१६ साउन, धनगढी  : अछाममा भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, अछामको प्रहरी टोलीले अबैध भरुवा बन्दुक फेला पारेको हो ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँस्थित डाँडा भन्ने ठाउँबाट एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सोमवार दिउँसो भरुवा बन्दुक फेला परेको हो ।

विषेश सूचनाका आधारमा प्रहरीको टोली ओलीगाउँ गएको थियो । बन्दुकको बारेमा प्रहरीले थप अनुसन्धान जारी हरेको बताएको छ ।

तपाईको प्रतिक्रिया