अछामको भरुवा बन्दुक फेला

१३ असार, अछाम  : अछाममा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो ।

बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जंगलमा वेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया