धनगढी, १४ भदौ/मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा कमल बम निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न संघको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट बम ९५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार सागर शमशेर राणाले ५२ मत प्राप्त गरे ।
उपाध्यक्षमा विनोद बलायर, रविन्द्र थापा र दिपेन्द्रबहादुर सिंह निर्वाचित भएका छन् । बलायरले १०९, थापाले ८३ र सिंहले ८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवमा मधनराज उपाध्याय ९७ मतसहित निर्वाचित भएका छन् । सचिवमा पूर्णबहादुर बोहरा १०१ र कोषाध्यक्षमा राकेश कुमार चौधरी १०४ मतसहित विजयी भएका छन् । सह–कोषाध्यक्षमा साजन कुवर निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा गणेशबहादुर बोहरा, दीपक धामी, चन्द्राकुमारी बोगटी, रामकृष्ण चौधरी र पुरनबहादुर राना निर्वाचित भएका छन् । संघको नेतृत्व चयनका लागि कमल बम र सागर शमशेर राणा नेतृत्वका दुई समूहबीच प्रतिस्पर्धा भएको थियो ।




